गृहमन्त्रीले भने,‘राष्ट्रका सत्रुलाई पहिचान गर्न ‘जासुस’ले आँखाको रुपमा काम गर्नुपर्छ’

गृहमन्त्रीले भने,‘राष्ट्रका सत्रुलाई पहिचान गर्न ‘जासुस’ले आँखाको रुपमा काम गर्नुपर्छ’

काठमाडौँ, ९ कात्तिक । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले राष्ट्रिय अनुसन्धान विभाग बलियो बन्नसके मात्रै मुलुक बलियो हुने बताएका छन् ।
विभागमा आज आयोजित १८ औं अनुसन्धान अधिकृत आधारभूत तालिम, दिक्षान्त कार्यक्रममा गृहमन्त्री थापाले जून मुलुकको जासुुुसी संयन्त्र बलियो छ तिनै मुलुकले आर्थिक र सामाजिक विकास गरीरहेको टिप्पणी गरे ।

उनले अन्य सुरक्षा निकायलाई औँला र विभागलाई आँखाको संज्ञा दिँदै यि निकायबीचको समन्वयमा मात्रै अपराधका घटना नियन्त्रण गर्न सकिने बताए ।
उनले भने ‘ विभागले आँखाको रुपमा राष्ट्र र समाजका शत्रुहरुलाई पहिचान गर्ने, लक्ष्य तथा प्रहार स्पष्ट पार्नेे काम गर्नुपर्छ । यसले संकेत गरेका आधारमा अन्य सुरक्षा निकायले औंलाको काम गरी ट्रीगर दबाउनुपर्छ । ’

विभागले वस्तुनिष्ठ सूचना, तथ्य र तथ्यांक संकलन गर्न आवश्यक रहेकोमा जोड दिँदै गृहमन्त्री थापाले कल्पनाको आधारमा योजना बनाउँदा असफल हुने बताए ।

उनले भने, ‘ सहि योजना बनाउन पर्याप्त सूचना आवश्यक छ । त्यसका लागि तपाईहरुले अझै मिहिनेत गर्नुहोस् । ’

विभिन्न नाममा देशमा अस्थिरता निम्ताउन खोज्नेहरु सक्रिया भईरहेको भन्द्यै तिनको समेत निगरानी बढाउन गृहमन्त्रीले निर्देशन दिए ।
उनले कार्यक्रममा दिक्षित भएका अधिकृतहरुलाई कार्यकाल सफलताको शुभकामना दिँदै देशले उनिहरुबाट धेरै आशा लिएको भन्दै सोही अनुसार जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले विभागको महत्व धेरै भएपनि सो अनुसार काम हुन नसकेको बताउँदै यसलाई थप प्रभावकारी बनाउने तयारी भईरहेको जानकारी दिनुभयो ।

अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीले राज्यको आवश्यकता र सोँच अनुसार आफूहरु परिवर्तित भई काम गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।
तीन महिना चलेको सो तालिममा उत्कृष्ट प्रशिक्षार्थी किरण भट्टराई सहित २२ जना प्रशिक्षार्थीहरुलाई कार्यक्रममा गृहमन्त्री थापाले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

Trending News