फुटबलको महासंग्राम आज तर, मेसीले गुमाउँदैछन् अवसर

Diyo post  

काठमाडौं, कात्तिक ११ । विश्व फुटबलको बहुचर्चित खेल इएल क्लासिको आज राती हुँदैछ । परम्परागत स्पेनिस लालिगाका दुई विश्वचर्चित क्लबहरु बार्सिलोना र रियल म्याड्रिडबीच आज राती यो चर्चित इएल क्लासिको हुन लागेको हो । नेपाली समय अनुसार आज राती ९ बजे यो महासंग्रामयुक्त खेल हुँदैछ ।
लिगमा यो सिजनमा यी दुई परम्परागतसहरबीच पहिलो इएल क्लासिको बार्साको मैदान क्याम्प नोउमा हुन लागेको हो ।

खराब लयमा रियल
रियल यसपटक खराब लयबाट गुज्रेको छ । आज राती हुने खेलमा बार्सिलोनासँग पराजित भए लिग जित्ने उसको सपना कमजोर हुन सक्नेछ । किनकी अहिले नै लिगमा बार्सिलोनाभन्दा रियल ४ अंकले पछि छ । आज राती हारे बार्सिलोना र रियलको अंक दुरी ७ मा पुग्नेछ । रियलले जित्दा दुई टिमबीच एक अंकको मात्र दुरी रहनेछ । ९ खेल खेल्दा बार्साले एक खेलमा पराजय ५ जित तीनमा बराबरी र एकमा पराजय गरी १८ अंक जित्दै दोस्रो स्थानमा छ । रियलले ९ खेलबाटै चार जित दुई बराबर र तीनमा पराजय गरी १४ अंक बटुलेको छ । रियल अंक तालिकाको आठौं स्थानमा छ । १० खेलबाट १९ अंक जोडेको एथलेटिको म्याड्रिड पहिलो नम्बरमा छ । १० खेलबाटै १८ अंक जोडेको स्पानियोल तेस्रो, ९ खेलबाट १७ अंक जोडेको एलाभेस चौथो, ९ खेलबाट १६ अंक जोडेको सेभिल्ला पाँचौ स्थानमा छन् ।

न मेसी न रोनाल्डो
यस अघिका पछिल्ला १० वर्ष मेसी र रोनाल्डो यी दुई क्लबबाट आमनेसामने हुँदा यो बहुप्रतिष्ठित खेलको रौनक नै बैग्लै हुन्थ्यो । तर, आजको खेलमा यी दुवै खेलाडी हुने छैनन् । रोनाल्डो इटालियन क्लब युभेन्ट्स पुगेका छन् भने मेसी घाइते भएका कारण बार्सिलोनाको खेल गुमाउन बाध्य भएका छन् ।

तर, रौनक कम हुन्न
यी दुई खेलाडी नभए पनि यी दुई क्बलबीचको भिडन्त कम रोचक भने हुने छैन । दुवै टिममा अहिले पनि उत्तिकै प्रभावशाली खेलाडीको खाँचो छैन । बार्सिलोनासँग लुइस सुवारेज, फिलिम काउटिन्हो, सर्जियो बुस्केट, जोर्डी अल्बा, जेरार्ड पिके हुनेछन् । रियलसँग लुका मोड्रिक, गेराथ बेल, करिब बेन्जमा, सर्जियो रामोस हुनेछन् ।

हेड टु हेड
ला लिगाका पछिल्ला १० वर्षका १७७ खेलमा रियलले ७२ र बार्साले ७० खेल जित्दा ३५ खेल बराबरीमा टुंगिएका छन् ।

सम्बन्धित खबर