सोमपाल कामि नेतृत्वको बुटवल र शरद भेष्वाकर नेतृत्वको पोखरा भिड्दै (लाइभ हेर्नुहोस)

सोमपाल कामि नेतृत्वको बुटवल र शरद भेष्वाकर नेतृत्वको पोखरा भिड्दै (लाइभ हेर्नुहोस)

काठमाडौँ, कात्तिक ११ । पोखरा प्रिमियर लिगअन्तर्गत आइतबारको दोस्रो खेल बुटवल ब्लास्टर्स र पोखरा पल्टनबिच चलिरहेको छ । पोखरा रंगशालामा जारी लिगको पाँचौ खेलदिउँसो १ बजेबाट शुर भएको भएको हो । टस जितेर ब्याटिङ रोजेको बुटवलले यो समाचार तयार पार्दासम्म ६ ओभरको अन्त्यमा २ विकेट गुमाउँदै ३४ रन बनाएको छ ।

बुटवलका चिराग सुरी र सागर पुन पवेलियन फर्किसकेका छन भने अहिले रोशन मुस्ताफा र भिम सार्किले पारी सम्हालिरहेका छन् । पोखराका ललित नारायण राजवंशी र मोहम्मद आलमले एक एक विकेट लिएका छन् ।

 

पोखरा प्रिमियर लिग अन्तर्गतको खेलहरु हिमालयन टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको छ ।

 

Trending News