काठमाडौँ, कात्तिक १२ । काठमाडौँ उपत्यका लगायत देशैभर एक्कासी चिसो बढेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । गएका वर्षहरुमा भन्दा पनि यो वर्षमा अत्याधिक चिसो हुने पनि महाशाखाले जनाएको छ ।
आइतबारको नयाँ पत्रिकाले खबर छापेको छ –चिसोकै कारण बर्षेनी धेरैले ज्यान गुमाउने तराई मधेशका क्षेत्रहरुमा १५ मंसिरदेखि १५ माघसम्म शीतलहर चल्ने समेत बताएको छ । सोही अवधिमा नेपालको सबै भागमा अत्याधिक चिसो हुने छ । चिसोको कारण हुने मावविय क्षति कम गर्नको लागि गृह मन्त्रालयले विशेष तयारी सुरु गरेको छ ।
मन्त्रालयले अत्याधिक चिसो हुने जिल्लाहरुको एक सुचि बनाई त्यहाँका बासिन्दाहरुलाई राहत प्रदान गर्ने बताएको छ ।
जाडोमा कम हावा चल्ने भएकाले पास हुन पाउँदैन,’ तुलाधरले भने, ‘यसरी बनेको उपत्यकामा वायु दिउँसो जमिनमाथि जाने र बिहान–बेलुका तल झर्ने भएकाले धेरै प्रदूषण हुन्छ ।’
जाडो मौसममा इँटाभट्टा व्यवसायीले उद्योग सञ्चालन गर्न थाल्ने भएकाले पनि प्रदूषण बढ्ने वातावरणविद् तुलाधरले बताए । ‘अत्यधिक जाडो बढ्दै गएपछि प्लास्टिक बालेर आगो ताप्दा पनि प्रदूषण बढ्छ,’ उनले भने, ‘वर्षाको तुलनामा जाडो मौसममा तीन गुणासम्म प्रदूषण बढ्ने सम्भावना रहन्छ ।’