द भोईस अफ नेपालमा गितमार्फत निर्मलाका लागि न्याय माग्दै तेजेन्द्र गन्धर्व (भिडियोसहित)

द भोईस अफ नेपालमा गितमार्फत निर्मलाका लागि न्याय माग्दै तेजेन्द्र गन्धर्व (भिडियोसहित)

काठमाडौँ, कात्तिक १२ । पछिल्लो समय चर्चित बन्दै गइरहेको गायन रियालिटी शो द भोइस अफ नेपालको आईतबारको शो केही नरमाईलो बनेको थियो । कारण तेजेन्द्र गन्धर्वको गायन ।

ब्लाईण्ड अडिसन बाट ब्याटल राउण्ड पार गर्दै लाईभ राउण्डमा पुगेका तेजेन्द्रले आईतबार बेलुकाको शो मा आफ्नो गीतमार्फत कञ्चनपुरकी निर्मला पन्तको लागि न्याय मागे । घरबाट वेपत्ता भएदेखी प्रहरी प्रशासनका लापरवाहीसम्मलाई आफ्नो गीतमा उतारेर दर्शकमाझ प्रस्तुत गरेपछि शो मा उपस्थित सम्पुर्ण दर्शकदीर्घा लगायत कोचसम्मको आँखामा आशुँ टिलपिलाएका थिए ।

गत साउन १० गते वेपत्ता भएकी निर्मला पन्तको शब साउन ११ मा नजिकैको उखुबारीमा भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको प्रहरीले पुष्टी गरेको थियो । प्रहरी प्रशासनलेनै प्रमाणहरु मेटाउदै अपराधिलाई उम्कने अवसर प्रदान गरेकोले चौतर्फी आन्दोलन भएको थियो । प्रशासनले दिलिप सिंह विष्टलाई अपराधिको रुपमा सार्वजनिक गर्यो तर अनुसन्धानबाट दिलिप निर्दोष सावित भए । विभिन्न छानविन समिति बनेको भएपनि घटनाको गहिराईसम्म पुग्न सकेन । यी सबै कुराहरु तेजेन्द्रले गीतमार्फत सुनाएका  थिए ।

गीतमार्फत तेजेन्द्रले प्रहरी प्रशासनलाई घटनाको सत्यतथ्य बाहिर ल्याउन र अपराधिलाई टुँडिखेलमा झुण्डाएर गोली ठोक्नुपर्ने सम्मका आक्रोश व्यक्त गरेका छन् । उनले बलात्कारीलाई फाँसी दिनुपर्ने कानुन पनि चाँडै ल्याउनुपर्ने माग आफ्नो गीतमार्फत प्रस्तुत गरे ।

हेर्नुहोस भिडियो :

 

Trending News