रहेनन् पूर्वअर्थमन्त्री श्रेष्ठ

diyopost.com
Diyo post   सोमबार, कार्तिक १२, २०७५ | १८:१९:५३

काठमाडौँ, कात्तिक १२ । पूर्वअर्थमन्त्री डा बद्रीप्रसाद श्रेष्ठको गए राति पुल्चोकस्थित निदान अस्पतालमा निधन भएको छ ।

पिसाबसम्बन्धी समस्याबाट पीडित ८७ वर्षीय डा श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको उहाँका भानिज दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।

अर्थशास्त्री डा श्रेष्ठले राष्ट्रिय योजना आयोगको सदस्य, उपाध्यक्ष, राष्ट्रिय पञ्चायत सदस्य तथा जापानका लागि नेपाली राजदूतका रुपमा सेवा गर्नुभएको थियो । उहाँका श्रीमती, एक छोरा र दुई छोरी छन् । उहाँका भानिज श्रेष्ठका अनुसार स्वर्गीय श्रेष्ठको दाहसंस्कार बुधबार पशुपति आर्यघाटमा गरिनेछ । (रासस)

सम्बन्धित खबर