धादिङका प्रहरी प्रमुख भन्छन्,–‘निलम प्रसाद पन्तलाई लिष्ट काण्डमा पक्राउ गरिएको होईन’

दियो पोस्ट  

काठमाडौं, कार्तिक १४ । धादिङको थाक्रे ७ का निलमप्रसाद पन्तलाई बालुवा तस्करसँग पैसा लिएका व्यक्तिहरुको ‘लिष्टकाण्ड’मा नभई पुरानै उजुरीको आधारमा समातिएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

काठमाडौंबाट पक्राउ परेका उनलाई ‘पुरानो साईबर क्राईम’ अन्तर्गत थप अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) डम्बर बहादुर बिश्वकर्माले दियोपोष्टलाई जानकारी दिए ।

उनले भने,–‘पन्तमाथि यसअघि साईबर क्राईमको मुद्धा परेको थियो, पटक–पटक बोलाउदा पनि नआएपछि पक्राउ गरिएको हो लिष्ट काण्डकै कारण पक्राउ गरिएको होईन ।’ पन्तमाथि विभिन्न व्यक्तिलाई अभद्र व्यवहार गरेको आरोप छ ।

संचारमाध्यममा लिष्टकाण्डका कारण समातिएको भनिएपनि त्यसमा कुनै सत्यता नभएको र पुरानै मुद्दामा उनलाई पक्राउ गरिएको एसपी विश्वकर्माले बताए । केहिदिनदेखि धादिङका क्रसर व्यवसायीहरुसँग पत्रकार, सांसद र मन्त्रीसमेतले पैसा लिएको भन्दै लिष्ट सार्वजनिक भएको थियो ।

यो घटनालाई अतिरंजित बनाउन केही मिडियाले पन्तलाई लिष्ट काण्डमा जोडेको बताईएको छ ।

TATA ADD