शेरबहादुर देउवाविरुद्ध पूर्वसंस्थापनको मोर्चाबन्दी : यस्तो छ गोप्य योजना

diyopost.com
Diyo post  बुधबार, कार्तिक १४, २०७५ | १६:४१:१६

काठमाडौं, १४ कात्तिक। १३ औं महाधिवेशनबाट कोइराला विरासतलाई शेरबहादुर देउवाले तोडेपछि त्यसलाई पुनः फर्काउने गरी पूर्व संस्थापन पक्षले सबै संयन्त्र प्रयोग गर्ने भएको छ । यसका लागि पूर्व संस्थापन पक्षका असन्तुष्ट नेताहरुबीच संवाद बढाउँनै लाने, विश्वास बढाउँदै लाने, १४ औं महाधिवेशनसम्म कुनै पनि नेताले नेतृत्वका लागि मुख नखोल्ने बरु देउवाविरुद्ध सशक्त मोर्चाबन्दी गर्नेमा नेताहरु एकमत देखिन थालेका छन् ।

सुरुवात कोइरालाबाटै

कोइराला विरासत ढालेपछि कांग्रेसमा देउवा शक्तिशाली बन्न पुगे । तर, यसको ठीक विपरीत पूर्व संस्थापन पक्ष भने चुँडिएको माला जस्तै बन्न पुग्यो । जहाँ छरिबरी अवस्थामा उनीहरु रहँदै आए । तर, देउवाले उता एउटै माला बनाउँदै गर्दा छरिएका पूर्व संस्थापनहरु भने यतिखेर एउटै बन्नुपर्नेमा मनस्थितिमा पुगेका हुन् । यसको सुरुवात कोइराला परिवारका डा. शशांक, डा. शेखर र सुजाताले आपसमा खाना खाने, तत्काल १४ औं महाधिवेशनमा सभापतिको लागि तीन जनाले नै दाबेदारी नगर्ने बरु छरिएका पूर्व संस्थापनका नेतालाई एक ठाउँमा ल्याउँने गरी छलफल गर्न थालेका छन् ।

यसको लागि पूर्व संस्थापनका नेताहरुले रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. रामशरण महत, कोइराला परिवार, अर्जुननरसिंह केसीसहितले एक ठाउँमा उभिने प्रयास थालेका हुन् । आफूहरु विभाजित हुँदा पुनः देउवाले बाजी मार्ने भएपछि नेताहरु एक ठाउँमा उभिन तयार भएका हुन् । विधानको मस्यौदामा सभापति देउवाले थप शक्तिशाली हुन खोजेपछि यी नेताहरुले संयुक्त बैठक गरी देउवाविरुद्ध सबै पक्षबाट मोर्चाबन्दी गर्ने तयारी गरका थिए ।

तर, नेतृत्वमा दाबी नगर्ने

देउवाविरुद्ध मोर्चाबन्दी गर्दै गर्दा १४ औं महाधिवेशसम्म भने नेताहरुले नेतृत्वमा भने दाबी नगर्ने भएका छन् । अहिले नै नेताहरुले नेतृत्वमा दाबी गर्दा देउवा झन् बलियो हुने भन्दै स्थिति परिपक्व भएपछि एकजनाले सभापतिको दाबी गर्ने र अरु नेताले अरु पदमा चित्त बुझाएर देउवालाई परास्त गराएरै छाड्ने उनीहरुको तयारी छ ।

तिहारको आसपास पुनः छलफल

दशैंभन्दा अघि देउवाविरुद्ध मोर्चाबन्दी गर्ने निर्णय उनीहरुले तिहारको आसपास पुनः छलफल गर्दैछन् । महासमिति बैठकमा समान मत बनाएर जानका लागि उनीहरुले तिहारमा छलफल गर्ने तयारी गरेका हुन् । देउवालाई आफू अनकूल महासमितिमा प्रस्तुत हुन नदिने र उनलाई जसरी हुन्छ कस्ने नियतले उनीहरुले छलफल गर्न लागेको कांग्रेस स्रोत बताउँछ ।

तर, सहज छैन

पूर्व संस्थापनबाट कोइराला परिवारका शशांक र शेखर, नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. रामशरण महतसम्मका नेताहरुले सभपातिमा दाबेदारी दिंदै आएका छन् । झण्डै आधा दर्जन बढी नेताहरुले सभापतिमा दाबेदारी गर्दै गर्दा तत्काललाई समस्या नभए पनि उम्मेदवारी दिंदा भने मिलाउन एकदमैं गाह्रो छ । अर्कोतिर विधानको संसोधन हुँदै गर्दा पदाधिकारी नबढ्ने भएपछि नेताहरुको व्यवस्थापन गर्न झन् गाह्रो हुने देखिएको हो । यस्तोमा नेताहरुबीच कसरी समझदारी हुन्छ भन्ने प्रश्न निक्कै महत्वपूर्ण हुने देखिएको छ ।

सम्बन्धित खबर