काठमाडौं, असोज १८ । बलात्कार गरेको आरोप लगाउने रोशनी शाहीले तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध उजुरी दिएकी छिन ।
पीडित महिलाले महानगरीय प्रहरी वृत्त, बानेश्वरमा जोहरी दिएकी काठमाडौं प्रहरीका एक अधिकृतले पुष्टि गरेका हुन् ।
यसअघि १३ असोजमा ती महिलाले आफूमाथि हिंसा भएको दाबी गर्दै विभिन्न सञ्चारमाध्यममा बयान दिएकी थिइन । आइतबार राति पानै ९ बजे सुविधानगरमा भएको भनिएको घटनापछि प्रहरी समेत उनको घरमा पुगेको थियो ।
महराको राजीनामा आएसँगै उनको बयान पनि फेरिएको थियो । श्रीमान्सँग छलफलपछि मात्र के गर्ने निष्कर्षमा पुग्ने बताएकी उनले स्वास्थ्य परीक्षण गर्न पनि मानेकी थिइनन ।
यद्यपि, चर्को दबाबपछि प्रहरीले घटनास्थलबाट रक्सीका बोतल, फुटेका चस्मा लगायत सामग्री बरामद गरेको थियो ।
जोहरी परेसँगै प्रहरीले अनुसन्धानमा पुनः तादरुकता देखाएको छ । अब महरालाई प्रहरीले पक्राउ गर्ने सम्भावना समेत छ ।