प्रमाणित भए पदबाटै राजिनामा दिन्छु : एनआरएनए मलेशिया अध्यक्ष हरि भट्टराई

दियो पोस्ट  

काठमाडौं, २५ असोज । गैरआवासिय नेपाली संघ मलेशियाका अध्यक्ष हरि भट्टराईले दियोपोस्ट डटकममा प्रकाशित समाचारको खण्डन गरेका छन् ।


गत असोज १४ गते दियोपोस्ट डटकममा ‘अपहरणकारी डेभिड छुटाउन श्रीमती लिएर एनआरएन मलेशिया अध्यक्ष हरि भट्टराईको दौडधुप’ शिर्षकमा प्रकाशित समाचारको खण्डन गरेका हुन् ।
भट्टराईले प्रकाशित समाचारले आफ्नो मान मर्यादा, प्रतिष्ठा र इज्जतमा आँच आएको आरोप लगाउँदै प्रकाशित समाचार प्रति खेद प्रकट गरेका छन् ।


मलेशियामा रोजगारी गर्ने मध्म रैदासलाई अपहरण गरि १५ लाख रुपैयाँ फिरौती असुली गरेको अभियोगमा नेपाल प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले डेभिड भनिने दुर्गा बहादुर श्रेष्ठ लाई पक्राउ गरेको थियो । उनै डेभिडलाई छुटाउन भट्टराईले मलेशिया स्थित नेपाली दूतावासमा दौडधुप गरेको अरोप पीडितले नै लगाएका थिए । सो सम्बन्धी समाचार दियोपोस्ट डटकमसहित केही अन्य सञ्चार माध्यमले समेत प्रकाशित गरेका थिए । भट्टराईले आफूले डेभिडलाई छुटाउन गएको प्रमाणित भए पदबाटै राजिनामा दिने बताएका छन् ।


यस्तो छ भट्टराईको खण्डन

सम्बन्धित खबर