सुर्खेत । मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । ३९ जना यात्रु रहेको बस दिउँसो २ बजेतिर दुर्घटनामा परेको हो ।
सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको र १० जना भन्दा धेरै घाइते भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
उद्दारको काम भइरहेको र शव पनि संकलन भइरहेको प्रहरीले जनाएको छ ।अहिले नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दा उद्वारका लागि घटनास्थलमा पुगेका छन् ।