काठमाडौं । मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। २४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्याउने क्रममा र नेपालगञ्ज पुर्याएका थप ४ जनाको मृत्यु भएको प्हरीले जनाएको छ ।
दुर्घटना गम्भीर घाइते भएका चारजना उपचारका क्रममा बाँकेको नेपालगन्ज मृत्यु भएपछि मृतकको संख्या ३२ पुगेको हो । घटनास्थलमा मृत्यु भएकामध्ये १६ जना पुरूष, ७ जना महिला र १ जना बालक छन् । नेपालगञ्जमा अहिले १२ जनाको उपचार भइरहेको प्रहिले जनाएको छ ।
प्हरीका अनुसार ३ जना गाडीबाट हाम फालेको र २ जना दुर्घटना हुनुभन्दा केही समय अघि ओर्लिएका थिए । नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस मुगु जिल्लाको छायानाथ रारा नगरपालिकामा मंगलबार दिउँसो दुर्घटनामा परेको थियो ।