गोरखा केन्द्र विन्दु भएर एकाविहानै भूकम्प

diyopost.com
दियो पोस्ट  आइतबार, आश्विन ३१, २०७८ | १०:३१:२२

काठमाडौं । गोरखा केन्द्र भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखाको मान्बु केन्द्र भएर भूकम्प गएको हो ।

 

आज बिहान ४ बजेर ९ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । गोरखा, धादिङलगायत क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको थियो ।

२०७२ वैशाख १२ मा गोरखाकै बारपाक केन्द्र रहेर भूकम्प गएको थियो।

सम्बन्धित खबर