मकवानपुरमा टाटा सुमो दुर्घटना : २ जनाको मृत्यु

diyopost.com
दियो पोस्ट  आइतबार, आश्विन ३१, २०७८ | ११:१६:३५

काठमाडौं । मकवानपुरमा टाटा सुमो दुर्घटना भएको छ । दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै ना १ ज ४५११ नम्बरको टाटासुमो इन्द्रसरोवर गाउँपालिका–२ लामाबगरमा शनिबार बेलुका दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–१६ का ६२ वर्षीय विष्णुलाल श्रेष्ठ र पर्सा पोखरीया–७ का ४५ वर्षीय राम सहनीको रहेको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

घाइते चार जनालाई उपचार गर्न ललितपुरको स्टार अस्पताल ल्याइएको छ । अन्य ४ जनाको हेटौंडा अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित खबर