राजेन्द्र पाण्डेले लिए मुख्यमन्त्री पदको शपथ

diyopost.com
दियो पोस्ट  बिहिबार, कार्तिक ११, २०७८ | २०:०२:४०

काठमाडौं । वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

नेकपा (एकीकृत समाजवादी) वाग्मती संसदीय दलका नेता पाण्डेलाई प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

 

मुख्यमन्त्री पाण्डेसँगै नेपाली कांग्रेसका कृष्णलाल भँडेल, नेकपा (माओवादी केन्द्र) का कुमारी मोक्तान र नेकपा (एस)का कृष्णप्रसाद खनालले मन्त्री पदको शपथ लिएका छन् । भँडेललाई भौतिक पूर्वाधार, मोक्तान सामाजिक विकास र खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

 

बुधबार मुख्यमन्त्री पदबाट अष्ट्रलक्ष्मी शाक्यले पदबाट राजिनामा दिएकी थिइन् ।

सम्बन्धित खबर