रुकुम । पश्चिम रुकुमको आठबिसकोट १४ नगरपालिका बाँकेजुलामा एक बालिकाको बलात्कार भएको छ । बुधबार साँझ परम्परागत रुपमा लाग्ने मेलामा गएकी १५ वर्षिय बालिकालाई बलात्कार भएको हो । जाजरकोट नलगाड नगरपालिका १ कल्पत घर भएकी १५ वर्षिय दलित बालिकामाथि बलात्कार भएको हो ।
रुकुम प्रहरी प्रमुख डिएसपी ध्रुवकुमार श्रेष्ठका अनुसार बलात्कृत बालिकाको जाहेरी लिएपछि प्रहरीले उनलाई स्वास्थ्य परिक्षणका लागि नेपालगञ्ज पठाएको छ । स्थानियबासीले भने प्रहरीले घटना गुपचुपमै मिलाउने कोशिस गरेको आरोप लगाए ।
घटनामा समलग्न रहेको अभियोगमा प्रहरीले सोधपुछका लागि झलक जैसीलाई पक्राउ गरेको स्थानियबासीको भनाई छ । तर, प्रहरी प्रमुख श्रेष्ठले भने घटनामा समलग्न भएको अभियोगमा अहिलेसम्म कसैलाई पनि पक्राउ नगरिएको बताए ।
यद्धपी पक्राउका लागि प्रहरी परिचालन गरिएको र अभियुक्त भने नाकाबाट बाहिर गएको सुचना पाएको उनले बताए ।