‘मिडिया म्यानेज’को नाममा प्रधानन्यायाधीश जबराको करोडौँ रुपैयाँ लिएर विचौलिया ‘फरार’ !

दियो पोस्ट  

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले मिडिया म्यानेजको नाममा करोडौं रुपैयाँ बाँढेको खुलाशा भएको छ । केहि मिडियाले रकम पाएपछि प्रधानन्यायाधीशको पक्षमा खुलेर वकालत गरेका छन् । पत्रकारसँग भेट्न समेत नमिल्ने भए पनि प्रधानन्यायाधीश राणाले न्यायाधीशको आचरण विपरित आफै अन्तर्वार्ता दिँदै हिँडेका छन् । ति सञ्चार माध्यमले समेत प्रधानन्यायाधीशबाट लाखौँ रुपैयाँ पाएको खुलेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अदालतको गरिमा र परम्परा जोगाउन नसकेको आरोप लगाएर राजीनामाको माग गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरुले इजलास नै बहिष्कार गरेपछिको विवाद समाधान गर्नेतर्फ कुनै प्रयास पनि सार्थक हुनसकेको छैन र उल्टै दुवै पक्ष शक्तिप्रदर्शनको तयारीमा लागेका छन् ।

प्रधानन्यायाधीश राणाको राजिनामा माग गर्दै नेपाल बार एशोसिएशनले आन्दोलन शुरु गरेको छ । सत्तारुढ दलका नेताहरुले न्यायलयको बेथितिबारे रहस्यमयी मौनता देखाएका छन् ।

नेपाल बार र असन्तुष्ट न्यायाधीशहरु विरोधमा उत्रिएसँगै मिडिया पनि प्रधानन्यायाधीश राणाको विरोधमा लागेको छ र त्यसलाई व्यवस्थापन गर्न प्रधानन्यायाधीश राणाका नाममा विभिन्न व्यक्तिहरु क्रियाशील भएका छन् र तीमध्येका एक बिचौलियाले मिडिया मिलाउने नाममा रकम लिएर सम्पर्कविहीन भएको राणा निकटस्थहरु नै बताउँछन् । केही मिडियाका नाममा रकम लिएको भनेर मिडियाको नाम र रकम टिपाएर बिचौलियाले चप्काएको समेत पाइएको छ । पछिल्लो समय एकाध मिडिया अकस्मात् प्रधानन्यायाधीश राणाको पक्षमा खुलेका छन् भने केही मिडिया झन् आक्रोशित बन्दै गएका छन् ।

 

केही महिनाअघि नै राणाका तर्फबाट मिडिया व्यवस्थापनका नाममा प्रस्ताव बाँड्दै हिँडिएको र तीमध्ये केही व्यक्तिलाई दिएको रकम अहिलेको विकराल अवस्था सिर्जना हुनुअघि नै बिचौलियामार्फत फिर्ता मागिएको समेत थाहा भएको छ । तर पछिल्लो समय खासखास मिडियाको मुखबन्द गर्ने प्रयास थालिएको छ । त्यसको परिणाम बिहीबारबाटै छिटफुट देखिनथालेको छ । त्यसका अलावा प्रधानन्यायाधीश राणाको पक्षमा बार र इजलास बहिष्कार गर्ने न्यायाधीशहरुका विपक्षमा सडकमा नारा जुलुस शुरु भइसकेको छ । तर, प्रधानन्यायाधीश राणालाई राजीनामा गराउन नसकेपछि असन्तुष्ट न्यायाधीशहरुकै समूहमा फुट आउने संकेत देखिएको छ र बिहीबारसम्म राजीनामा मागेर इजलास बहिष्कार गरेकामध्ये केही न्यायाधीश इजलासमा फर्किने मनस्थितिमा पुगेका छन् भने केहीचाहिँ राजीनामा गरेर अदालतबाट बाहिरिनेसम्मको तर्क गरिरहेका छन् ।

 

आफूविरुद्ध भएको मोर्चाबन्दीविरुद्ध प्रधानन्यायाधीश राणाले साम, दाम, दण्ड, भेदको नीति अपनाएपछि परिस्थितिले रुप बदल्दै गए पनि उनका कारण न्यायालयको परम्परा र गरिमाचाहिँ पाताल पुगेको छ ।

ति विचौलियाले करोडौँ रकम लिएर बेपत्ता भएपछि अहिले राणाले आफ्नै छोरालाई मिडिया म्यानेजको जिम्मा दिएको पाइएको छ । उनका छोराले दरबारमार्गमा एउटा कार्यालय नै खडा गरेर प्रधानन्यायधीशको पक्षमा समाचार लेखाउँदै आएका छन् । उक्त अनलाइन अर्कैको नाममा राखेर राणाका छोराले सञ्चालन गर्दै आएका छन् ।