काठमाडौं । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा बहस सकिएको छ ।
काठमाडौं जिल्ला अदालतमा शुक्रबार सरकारी वकिलले जवाफी बहस गरेका छन् । जवाफी बहस सकिएसँगै अब केहीबेरमै आदेश आउने अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।