रोल्पाकी ओनसरीलाई काठमाडौं २ ले पत्याउला ?

- खुमा ओली  

काठमाडौं । एमालेको बलियो क्षेत्र मानिएको काठमाडौ–२ मा माओवादी नेता ओनसरी घर्तीलाई त्यति सहज देखिएको छैन । कांग्रेस र माओवादी दुवै कमजोर रहेको यस क्षेत्रमा एमालेले यसपटक मणिराम फुयाललाई उम्मेदवारका रुपमा अगाडि सारेको छ । पूर्व सभामुख भएपनि उनका लागि यो क्षेत्र असहज बन्नुमा माओवादीको बलियो संगठन नहुनु नै हो ।

यो क्षेत्र एमालेपछि कांग्रेसको राम्रो मत रहेको स्थानीय तहको निर्वाचनले देखाउँछ । कांग्रेसको धेरै मत रहेको ठाउँमा माओवादीबाट उम्मेदवार रहेपछि कांग्रेसका असन्तुष्टि देखिन्छ । यस्तो असन्तुष्टिको फाइदा यसपटक एमालेले उठाउन पनि सक्नेछ । ओनसरी टुरिस्ट उम्मेदवार भन्दै यसपटक आलोचित छिन् । रवि लामिछानेको पार्टीबाट उठेकी सोविता नयाँ पार्टीर्की नयाँ युवा अनुहार हुन् । स्वतन्त्रको पक्षमा लहर देखिने र कांग्रेसको भोट पनि क्रस हुने अवस्था आए सोविता पनि यसपटक चुनौती दिन सक्नेछिन् ।

निक्कै चलाखी गरेर रविले पनि पार्टीको नाम स्वतन्त्र राख्न सफल भएका छन् । यही स्वतन्त्रको बलमा रविको पार्टीले कति चुनौती दिन सक्ला यो मतदाताको मुडले नै निर्धारण गर्छ । एमाले र माओवादीको परीक्षण भइसके पनि नयाँ दलका रुपमा स्वतन्त्र पार्टीको जनमत पहिलोपटक परीक्षण हुन लागेको छ ।

सम्बन्धित खबर