एसियन पेन्ट्सको गोदाममा छापा, म्याद गुज्रेका ८ हजार डिब्बा नियन्त्रणमा

दियो पोस्ट  

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एसियन पेन्ट्सको गोदाममा छापा मारेको छ । उपयोग मिति सकिएको रंगको डिब्बामा नयाँ मूल्य र मिति टाँसी बिक्री गरेको पुष्टि भएपछि विभागले गोदाममा छापा मारेको हो ।

अनुगमनका क्रममा ८ हजार थान रंगको (टिन) काे डिब्बा नियन्त्रणमा लिएकाे विभागलले जनाएकाे छ। नियन्त्रणमा लिएको रङलाई हाल विभागले बरमहल स्थित कार्यलय परिसरमा राखिएको छ ।

विभागका अनुसार नियन्त्रणमा लिएको रङलाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी नष्ट गरिनेछ ।

सम्बन्धित खबर