एमाले नेता रामकृष्ण लामासहित ४१ जना माओवादीमा प्रवेश (फोटोसहित)

दियो पोस्ट  

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटी सचिवालय सदस्य रामकृष्ण लामा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । यस्तै एमालेकै रामेछाप जिल्ला कमिटी सदस्य पासाङ डोल्मा लामा पनि माओवादीमा प्रवेश गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

दुई नेतासहित ४१ जना एमालेका नेता कार्यकर्तालाई अध्यक्ष प्रचण्डले खुमलटारमा आयोजित कार्यक्रमका बीच पार्टीमा स्वागत गरेका छन् ।