उदयपुर सिमेन्ट टाट पल्टाएको भन्दै गोपीकृष्ण न्यौपानेविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी

दियो पोस्ट  

काठमाडौं । उदयपुर सिमेन्ट टाट पल्टाएको भन्दै महाप्रबन्धक गोपीकृष्ण न्यौपाने विरुद्ध उजुरी परेको छ । उनी विरुद्ध उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उजुरी परेको हो ।

हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मा समेत प्रधानमन्त्री शेरबहादुर देउवाले लिएका छन् । सोमबार उद्योगमा क्रियाशिल चारवटै ट्रेड युनियन संघले उजुरी दिएका हुन् ।

समग्र उद्योग ट्रेड युनियन नेपालका अध्यक्ष राधे कुमार कोइराला, नेपाल कारखाना श्रमिक संघका अध्यक्ष देवेन्द्र झा, अखिल नेपाल औद्योगिक मजदुर संघका अध्यक्ष विश्वेश्वर पाल र नेपाल औद्योगिक मजदुर संगठनका उपाध्यक्ष बुद्धिमान तामाङले संयुक्त रुपमा उजुरी दिएका हुन् ।

उद्योग भित्र महाप्रबन्धक न्यौपानेको उपस्थिती न्युन भएको तथा उद्योगको उच्च व्यवस्थापन अनुत्तरदायी भएको कारण निरन्तर उत्पदनमा समेत असर परी उद्योगलाई ठूलो आर्थिक नोक्सानी भएको उनीहरुको ठहर छ । उद्योग सञ्चालनका लागि आवश्यक पर्ने प्रमुख कच्चा पदार्थ कोइला अभावका कारण दशैँदेखि नै उद्योग निरन्तर बन्द रहेको उनीहरुले जनाएका छन् ।

उनीहरुले दिएको उजुरी अनुसार हालसम्म अवकास पाएका कर्मचारीले एक वर्षदेखि सेवा सुविधा पाएका छैनन् ।

सिफारिस