प्रचण्डविरुद्ध भोट मागेपछि गण्डकीका ऊर्जामन्त्री आचार्य बर्खास्त

दियो पोस्ट  

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जामन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरेका छन्।

मुख्यमन्त्री पोखरेलले आज आचार्यलाई बर्खास्त गरेका हुन्। मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाले मन्त्री आचार्यलाई हटाएको पत्र मुख्यमन्त्री कार्यालयबाट प्रदेश प्रमुख कार्यालयमा पठाइएको जानकारी दिए।

उनले ऊर्जामन्त्रीलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुख कार्यालयमा पठाएका छन्।

गण्डकी प्रदेश प्रमुख कार्यालयले मुख्यमन्त्रीबाट मन्त्री आचार्यलाई हटाएको पत्र प्राप्त भएको जनाएको छ।
आचार्य नेपाल समाजवादी पार्टीका नेता तथा सांसद हुन्। उनी तत्कालीन नयाँ शक्ति पार्टीबाट २०७४ को चुनावमा गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (क) बाट निर्वाचित भएका थिए।

आचार्यमाथि गोरखा २ मा सत्ता गठबन्धनका उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको विरूद्ध उभिएको आरोप छ।

सिफारिस