डाक्टरको घरमा बुहारीमाथि चरम अत्याचार : काठमाडौंमा घर दाइजो नदिएको भन्दै कुटपीट र हिंसा

दियो पोस्ट  

काठमाडौं । राजधानीको ग्राण्डी अस्पतालमा कार्यरत एक चिकित्सकले आफ्नी श्रीमतीलाई दाइजो नदिएको भन्दै कुटपीट र घरेलु हिंसा गर्ने गरेको खुलेको छ । ग्राण्डी अस्पतालमा कार्यरत डा. पंकज चौधरीले उनकी श्रीमती नेहा चौधरीलाई कुटपीट र घरेलु हिंसा गरेको घटना उनै नेहाले सामाजिक सञ्जाल मार्फत बाहिर ल्याएकी छिन् ।

नेहाका अनुसार उनी र पंकजको विहे आजभन्दा ८ महिना अघि भएको थियो । पहिले प्रेम र पछि सामाजिक परम्परा अनुसार विवाह गरेका उनीहरुको शुरुका दिनहरु ठीकै थिए । महोत्तरीको औराही नगरपालिका वडा नम्बर १ घर भएकी उनले महोत्तरीकै रामगोपाल ५ का चौधरीसँग विवाह गरेकी थिइन् ।

विवाहको केदीदिन पछि नै उनलाई उनको श्रीमान, सासु र नन्दहरुले गाली गलौच गर्न थाले । अभद्र व्यवहार गर्न थाले । उनले शुरुवाती दिनहरुमा सहेरै बसिन् । काठमाडौं बस्ने श्रीमानलाई उनको एउटै मात्र आग्रह थियो,–मलाई पनिसँगै लगेर राख्नु ।’ उनको यही आग्रह सुनेर श्रीमानले नै उनीमाथि कुटपीट गरेको नेहा बताउँछिन् ।

पंकजको कुटाइबाट घाइते भएकी उनले स्थानिय प्रहरी कार्यालयमा उजुरी दिइन् तर प्रहरीले उजुरी समेत लिन मानेन । उल्टै पंकजको परिवारले उनकी आमालाई तिम्रो छोरी फिर्ता लैजाउ भन्दै धम्की दिन थाले । श्रीमानको कुटाईबाट ३ दिनसम्म स्थानिय अस्पतालमा उपचार गरेकी उनको अवस्था देखेपछि प्रहरीले सामान्य उजुरी लियो । उजुरी परेको ४ दिनपछि पंकज प्रहरी कार्यालयमा हाजिर त भए । उनले प्रहरी कार्यालयमै नेहालाई यसलाई राख्दिनँ घर समेत छिर्न दिन्न भन्न थालेको नेहाको दाबी छ । ‘उहाँ थानामा दुई दिन बस्नु भयो । तर, पावर लगाएर छुट्नु भयो । त्यसपछि पनि मलाई अत्याचार भइ नै रहयो । सहन नसकेर मैले घरेलु हिंसाको मुद्दा दर्ता गराएँ,’ उनले भनिन्, ‘तर, त्यहीदिन उनले कार्तिक् ४ गते उहाँले डिभोर्स मुद्दा दर्ता गरेर मलाई घर प्रवेश गर्न दिनु भएन । मलाई अंश दिनुपर्छ डिभोर्स हुँदा भनी उहाँले आफ्नो सम्पूर्ण सम्पत्ति घर सहित छोरीहरुलाई बकस गरिदिनु भयो । मलाई उहाँको सम्पत्ति वा अंश चाहिएको होइन । मैले विहे गरेको सँगै बाँच्नका लागि हो ।’

आफूले कुटपीट र हिंसाबाट बाँच्नका लागि महिला प्रहरीको सहारा लिएको उनको भनाई छ ।

उनका अनुसार विवाहको दिन पंकज पक्षकै ईच्छा अनुसार २० तोला सुन, फर्निचर लगायत १ करोड २५ लाखको दाइजो दिइएको थियो । ‘विवाह भएको केहीदिन पछि नै वहाँले मलाई काठमाडौंमा घर किन्न भन्न थाल्नु भयो,’ नेहाले भनिन्,‘त्यही सबका कारण मलाई घरमा कुटपीट गर्नुहुन्थ्यो ।’

श्रीमान पंकजले सासु र नन्दहरुकै कुरा ससुनेर उनीमाथि कुट्ने गर्थे । उनको कुटाइबाट नेहाको पेटमा चोट लागेको र पिसाबबाट रगत बग्न थालेको उनले बताएकी छिन् । दियोपोस्टको सम्पर्कमा आएकी उनले आफ्नो उजुरी लिन समेत प्रहरीले आनकानी गरेको बताएकी छिन् ।

 

सिफारिस