मैले प्रतिगमन गर्ने काम कहिल्यै गरिन्, बरु प्रचण्ड जस्तो प्रतिगमका विरुद्धमा लड्नु छः ओली

दियो पोस्ट  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफूले प्रतिगमन गर्ने काम कहिलै नगरेको बताएका छन् ।

आइतबार कालिकोटको रास्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले उल्टै गठबन्धनलाई प्रतिगमनको आरोप लगाए ।

‘मैले कहिलै प्रतिगमन गर्ने काम गरेन, प्रचण्ड जस्तो बरु प्रतिगमका विरुद्धमा लड्नु छ,’ओलीले भने,‘ देउवाहरु प्रतिगमन जोगाएँ भन्दै हुनुहुन्छ, म भन्छु यति पाउनुभएको छ भने अहिलै ल्याएर बुझाइदिनुहोस् । ’

उनले त्यतिमात्र भनेनन् प्रचण्डलाई अर्काको देशको हतियार ल्याएर नेपाली जनताको घाँटी रेट्ने काम गरेको बताए ।

‘हामीले राष्ट्रिय हितका विषयमा शिर झुकाएर कुरा गरेनौँ, एमालेले प्रतिगमन गर्यो रे ?,’ओलीले भने,‘ माओवादीलाई साथमा लिएर ३६ सिट जितायौँ, तर सहमतिलाई तोडे, दक्षिणपन्थी शक्तिसँग मिलेर सरकार टुटाउने काम गरे, जहिले नक्कली कुरा गरे । ’

स‌ंविधान, संघीयता र लोकतन्त्र जोगाउने किन नजोगाउने भन्ने प्रश्न अहिले खडा भएको ओलीको भनाइ छ।

सिफारिस