दार्चला । दार्चुलाको नौगाड गाउँपालिकामा एमाले कार्यकर्ताहरुको आक्रमणबाट जयभान सिंह धामी गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि ललितपुरको बीएण्डबी अस्पताल ल्याइएको छ । माओवादी केन्द्रको काठमाडौं–दार्चुला समन्वय समितिका अध्यक्ष हुन् ।
नौगाड गाउँपालिका–६ खेडमा एमाले कार्यकर्ताहरुले आइतबार दिउँसो जयभानलाई घेरा हालेर आक्रमण गरेका थिए । सामाजिक सन्जालमा सार्वजनिक भएको एक भिडियोमा दर्जन बढीको समूहले अन्धाधुन्द आक्रमण गरेको देखिन्छ । धनगढीमा प्रारम्भिक उपचार गरेपछि उनलाई बीएण्डबी अस्पताल रिफर गरिएको छ ।
आक्रमणको विरोधमा आज सत्ता गठबन्धनका कार्यकर्ताहरुले गोकुलेश्वर खार खलंगा खण्डको धुलीगडा क्षेत्रमा सडक अवरुद्ध पारेका छन् ।