दैलेखमा मापसे गर्ने पैसा नदिएको भन्दै श्रीमानले झोसिदिए श्रीमतीको मुखमा अगुल्टो

दियो पोस्ट  

दैलेख । दैलेखमा मादक पदार्थ सेवन गर्न पैसा नदिएको भन्दै एक व्यक्तिले श्रीमतीको मुखमा आगोको अगुल्टो झोसिदिएका छन् । जिल्लाको नारायण नगरपालिका–६ का गोपाल बादीले श्रीमती बिस्ना बादीकोमो यस्तो हिंसा गरेका हुन् ।

गोपालले सोमबार साँझ घरमा आएर मापसे गर्ने पैसा मागेका थिए। पैसा दिन नमानेपछि उनले मुखमा अगुल्टो झोसिदिएको बिस्नाले बताएकी छिन्। दैनिक मजदुरी गर्ने उनीहरूका तीन छोरी र एक छोरा छन्। उपचार र कानुनी परामर्शका लागि बिस्नालाई अहिले सामाजिक सेवा केन्द्र दैलेखको सेल्टरमा राखिएको छ।

सिफारिस