मुस्ताङबाट कांग्रेसले खोल्यो खाता, थकाली विजयी

दियो पोस्ट  

मुस्ताङ । मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् । गौचनले ३९९२ मत प्राप्त गर्दै विजयी भएको मुस्ताङका मूख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले जानकारी दिए ।

गौचनले एमालेका प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् । उनले ३ हजार ७८ मत प्राप्त गरेका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत प्राप्त गरे ।

सिफारिस