गगन थापाको जित सुनिश्चित

दियो पोस्ट  

काडमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको जित सुनिश्चित हुने भएको छ । गणना हुन बाँकी भन्दा प्रतिष्पर्धी राजन भट्टराईसँग उनको मतान्तर बढी भएको छ।

जम्मा एउटा वडाको मात्रै मतगणना बाँकी रहँदा गगन थापाले १९ हजार १४ मत पाएका छन्। प्रतिष्पर्धी भट्टराईले १३ हजार २३ मत पाएका छन्। दुवैबीचको मतान्तर ५ हजार ९ सय ९१ पुगेको छ। गणना हुन बाँकी काठमडौं महानगरपालिका ३० नम्बर वडाको हो। जहाँ जम्मा ४ हजार ८ सय ८१ मत खसेको छ। यो कांग्रेसको पकड रहेको वडा हो।

स्थानीय निर्वाचनमा कांग्रेसले जितेको छ। महामन्त्री थापाले सुरुदेखि नै अग्रता कायम गरेका थिए। नेकपा एमालेको प्रभाव क्षेत्रमा समेत उनले आफ्नो अग्रता कायम गरेका छन्। गणना बुढानीलकण्ठको १ नम्बर वडाबाट सुरु भएको थियो। जुन एमालेको पकड क्षेत्र मानिन्छ। उक्त वडामा पछि पर्ने थापाको आंकलन थियो।

सिफारिस