काठमाडौं ६ मा रास्वपाका शिशिर खनालको जित सुनिश्चित, तेस्रो स्थानमा कांग्रेस

दियो पोस्ट  

काठमाडौं । ,काठमाडौं ६ मा रास्वपाका शिशिर खनालको जित सुनिश्चित भएको छ । खनालका प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले भन्दा उनले ४ हजार ९७७ बढी मत ल्याएका छन् । यो मतान्तर अब गन्न बाँकी (४ हजार २९१ मत) मतभन्दा बढी हो ।

पछिल्ल मतपरिणाम अनुसार खनालले १२ हजार ७६४ मत प्राप्त गरेका छन् । खनालका प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले ७ हजार ७८७ मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका भीमसेनदास प्रधानले ७ हजार ३८० मत प्राप्त गरेका छन् ।