माओवादीको पहिलो जित, सिन्धुलीबाट राजन दाहाल निर्वाचित

दियो पोस्ट  

सिन्धुली । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभातर्फ पहिलो जित सिन्धुली २ बाट निकालेको छ । सिन्धुली क्षेत्र नम्बर २ मा माओवादीका राजन नामले परिचित लेखनाथ दाहाल २७ हजार ५ सय १७ मत ल्याएर निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार दाहाल एमालेका उम्मेदवार मनोजसँग थापाभन्दा ६ हजार १ सय ६२ को मतान्तरले निर्वाचित भएका छन् । थापाले २१ हजार ३ सय ५५ मत पाएका छन् । गठबन्धनका उम्मेदवार दाहाल यसअघि प्रदेश सभा सदस्य थिए ।

सिफारिस