एमाले माओवादीबाट टिके महासचिव बनेका पराजित, कांग्रेसका दुवै महामन्त्री निर्वाचित !

दियो पोस्ट  

काठमाडौं । गत मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । यो समाचार तयार पार्दासम्म नेपाली कांग्रेसले सबैभन्दा बढी सिटमा जित हात पारेको छ । कांग्रेसले २६ क्षेत्रमा प्रतिनिधि सभा सदस्यमा जित हात पारेको छ भने नेकपा एमालेले १५ सिटमा जित हात पारेको छ ।

नेकपा माओवादी केन्द्रले ७ स्थानमा विजय भएर हालसम्म तेस्रो दलको जोखिमपूर्ण यात्रा गरिरहेको छ । कांग्रेसले ३० स्थानमा अग्रता कायम गरेको छ । एमालेले २९ सिटमा अग्रता कायम गरेको् छ भने माओवादी केन्द्रले ११ स्थानमा अग्रता कायम गरेको छ । नयाँ दलको रुपमा उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ५ सिटमा जितेर ४ सिटमा अग्रता कायम गरेको छ । समानुपातिक मत संख्याको हिसाबले यो दल र माओवादी केन्द्र तेस्रो बन्नका लागि प्रतिष्पर्धामा छन् । रास्वपाले २ लाख ६८ हजार मत कटाएको छ भने माओवादी केन्द्रले २ लाख ४१ हजार मत कटाएको छ । नेकपा एमालले ५ लाख २३ हजार मत कटाएको छ । समानुपातिक मतसंख्यामा एमाले भन्दा कांग्रेस कमजोर भएको छ । कांग्रेसले २ चार लाख ८४ हजार मत कटाएको छ ।

यो निर्वाचनमा ठूला र प्रतिष्ठित व्यक्तिहरुले लज्जास्पद पराजय भोग्नु परेको छ । नेकपा एकीकृत समाजवादी पार्टीका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल करिब पराजित भइसकेका छन् । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि पराजित भएका छन् ।

त्यसो त यो निर्वाचनमा एउटा गज्जबको संयोग समेत परेको छ । नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शंखर पोखरेल र नेकपा माओवादी केन्द्रका महासचिव देव प्रसाद गुरुङले लज्जास्पद हार व्यहोर्नु परेको छ । तर, नेपाली कांग्रेसका दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले ऐतिहासिक जित हात पारेका छन् ।

कतिपयले सामाजिक सञ्जालमा नेकपा माओवादी केन्द्रका महासचिव गुरुङ र एमाले महासचिव पोखरेललाई जनताले अनुमोदन नगरेको बताएका छन् ।
यी दुवै महासचिवलाई पार्टीको महाधिवेशनमा नेतृत्वले टिका लगाएर छनौट गरेका थिए । तर, गगन र विश्वप्रकाश भने महाधिवेशनमा निर्वाचित भएका थिए ।

 

 

सिफारिस