नरदेवीस्थित भारतीय नागरिकले सञ्चालन गरेको गहना कारखानामा लुटपाट गर्ने पक्राउ

दियो पोस्ट  

काठमाडौं । भारतीय नागरिकले सञ्चालन गरेको सुन तथा गरगहना बनाउने कारखानामा नक्कली प्रहरी बनेर लुटपाट गरेको घटनामा समलग्न् ५ जना पक्राउ परेका छन् ।

कार्तिक २९ गते बेलुका ८ बजेर ३० मिनेट जाँदा काठमाडौं महानगरपालिका वडा नम्बर १८ नरदेविस्थित ५ तले घरकोप हिलो तलामा भारतीय नागरिकले सञ्चालन गरेको कारखानामा प्रहरीको पोसाक लगाएर पुगेका उनीहरुले ‘तपाईंको पसलका गहनाहरुमा बिल रहेनछ ।

हामी हनुमान ढोका प्रहरी कार्यालयबाट आएका हौँ’ भन्दै गहनाहरु लुटपाट गरेका थिए ।

पक्राउ पर्नेहरुमा धनकुटाको सागुरिगण्ी गाउँपालिका ७ घर भएका सुमन राई, देविराज राई, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ६ घर भएका ३० वर्षिय कुमार विश्वकर्मा, बेग बहादुर विक र खनियाँबास गाउँपालिका ४ घर भएका मनिला तामाङ रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट एक थान पेस्तोल, ७.६२ एमएम लेखिएको चार राउण्ड गोली र म्याग्जिन बरामद गरेको छ ।

प्रहरीले बेग बहादुर विकले सञ्चालन गरेको सुन पसलबाट २६ ग्राम गालेको सुन बरामद गरेको छ । त्यस्तै २२० सिसिको पल्सर बाइक र एनएस लेखिएको अर्को पल्सर बाइक पनि बरामद गरेको छ ।

जर्सि र ज्याकेट सहितको प्रहरी पोसाक र फेनारगन लेखिएको १९७ एम्पुल लागु औषध समेत बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।
उनीहरुको साथबाट डाइजेपाम १९७ एम्पुल र नुफिन १९७ एम्पुल सहित कुल ५९१ एम्पुल लागुऔषध बरामद भएको छ ।
उनीहरुलाई डाँका चोरी मुद्दामा महानगरीय प्रहरी बृत्त जनसेवाबाट अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।