काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइराला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी भएका छन् ।
गठबन्धनका उम्मेदवार कोइरला दुई हजार ८२ मत अन्तरले विजयी भएका हुन् ।
कोइरालाको २७ हजार एक सय २६ मत आउँदा नेकपा (एमाले)का कृष्णप्रसाद पौडेलको २५ हजार ४४ मत प्राप्त भएको थियो । साथै राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमको २३ हजार तीन सय एक मत प्राप्त भएको थियो ।