प्रचण्डकी बुहारी विना मगर एमालेका तारा लामासँग पराजित

दियो पोस्ट  

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी विना मगर पराजित भएकी छिन् । प्रतिनिधि सभा सदस्यका लागि कन्चनपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेकी मगरलाई नेकपा एमालेका उम्मेदवार तारा लामाले पराजित गरेका हुन् ।

एमाले नेता तारा लामा तामाङले २४ हजार ८ सय ९२ मत प्राप्त गरे भने माओवादी केन्द्रकी उम्मेदवार विना मगरले १९ हजार ३ सय ४४ मत प्राप्त गरिन् । यसअघि बाम गठबन्धनको साझा उम्मेद्वार बनेकी विनाले २०७४ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचन जितेकी थिइन् । तर, यो निर्वाचनमा भने उनलाई कांग्रेससहित ५ दलको समर्थन भएपनि एमालेको एक्लो उम्मेदवारसँग पराजित हुनु परेको छ ।

सम्बन्धित खबर