सिरहा । सिरहा–४ बाट प्रतिनिधि सभा सदस्यका लािग जसपाको तर्फबाट उम्मेदवार बिरेन्द्र प्रसाद महतो निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका वीरेन्द्र प्रसाद साहलाई ७ हजार ८०८ मतान्तरले हराउँदै महतो निर्वाचित भएका हुन् ।
जसपाका महतोले २४ हजार १०२ मत पाउँदा जनमत पार्टीका साहले १६ हजार २९४ मत ल्याए ।
यस्तै एकीकृत समाजवादी पार्टीका धर्मनाथ प्रसाद साहले १४ हजार ६५३ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका १ हजार ६८३ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका नगीना कुमारी झाले १ हजार ७३ मत ल्याइन् ।