७० करोडको मोलमोलाइमा मुछिएका बस्कोटा काभ्रे २ बाट निर्वाचित

दियो पोस्ट  

काभ्रे । काभ्रे–२ बाट प्रतिनिधिसभामा नेकपा एमालेका नेता गोकुल बाँस्कोटा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ५ हजार ८६३ मतान्तरले पराजित गरे ।बाँस्कोटाले ४५ हजार ३४५ मत पाउँदा हुमागाईंले ३९ हजार ५८२ र राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५८६ मत पाए । यसअघि २०७४ सालमा पनि यस क्षेत्रबाट बाँस्कोटा निर्वाचित भएका थिए ।

सम्बन्धित खबर