चन्द्र भण्डारीलाई बधाई दिँदै प्रदीप ज्ञवालीले भने– हाम्रो २–२ बराबर भयो

दियो पोस्ट  

गुल्मी । गुल्मी १ मा निर्वाचित नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीलाई नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञावालीले बधाई दिएका छन् ।
शुक्रबार अन्तिम मतपरिणाम सार्वजनिक भएपछि ज्ञवालीले भण्डारीलाई बधाई दिएका हुन् । ‘फुटबल चलिरहेको छ। हाम्रो २–२ बराबरी भयो,’ ज्ञवालीले ठट्टा गर्दै भने।

यो क्षेत्रमा २०७४ मा ज्ञवाली निर्वाचित भएका थिए। २०७० मा भने कांग्रेसका भण्डारीले जित हात पारेका थिए। २०६४ मा यो क्षेत्रबाट ज्ञवाली निर्वाचित भएका थिए।

सम्बन्धित खबर