स्याङ्जा १ मा एमालेका मरासिनीलाई पछि पार्दै कांग्रेसका थापा विजयी

दियो पोस्ट  

स्याङ्जा । स्याङ्जा १ मा नेपाली कांग्रेसका राजु थापा विजयी भएका छन् । उनले नेकपा एमालेका नारायण मरासिनीलाई पराजित गरेका हुन् । २०७४ मा हारेको बदला लिँदै थापाले मरासिनीलाई ३२ सय ५५ को मतान्तरले हराएका हुन् । थापाले ३१ हजार ९ सय ९९ मत पाउँदा मरासिनीले २८ हजार ७ सय ४४ मत पाए ।

योसँगै कांग्रेसले प्रतिनिधिसभामा गण्डकीबाट ९ सीट जितेको छ ।

सम्बन्धित खबर