रूपन्देही-३ : गृहमन्त्री खाणलाई पराजित गर्दै राप्रपाका दीपक बोहोरा निर्वाचित

दियो पोस्ट  

काठमाडौं । मंसिर ४ मा भएको चुनावमा गृहमन्त्री बालकृष्ण खाण पराजित भएका छन्। रूपन्देही-३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका खाणलाई राप्रपाका दीपक बोहोराले पराजित गरेका हुन्। अन्तिम मतपरिणाममा बोहोराले ३६ हजार ६४८ मत पाए भने गृहमन्त्री खाणले ३४ हजार ६ मत पाए।