समानुपातिकमा माओवादीले कटायो १० लाख, कुन दलको मत कति ?

दियो पोस्ट  

काठमाडौं । समानुपातिक निर्वाचन पद्धतितर्फ नेकपा एमालेले २४ लाख मत कटाउँदा नेकपा माओवादी केन्द्रले १० लाख कटाएको छ । आइतबार अपरान्ह ८८ लाख २८ हजार ४७३ मत गणना हुँदा एमालेले २४ लाख २९ हजार ५५ र नेपाली कांग्रेसले २३ लाख ९ हजार ६९२ मत पाएको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १० लाख ८ हजार ७२०, चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ९० हजार ९९९ पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख १६ हजार ८७४ र छैठौं स्थानमा रहेको जनता समाजवादी पार्टीले ३ लाख २ हजार ३९६ मत पाएके छ । नेकपा एकीकृत समाजवादीले २ लाख ३७ हजार २९५ र जनमत पार्टीले २ लाख ३७ हजार १०८, नागरिक उन्मुक्ति पार्टीले २ लाख २ हजार १३३, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख २२ हजार ८६४ मत पाएको छ ।

TATA ADD

सिफारिस