धनुषा–४ मा रोचक प्रतिष्पर्धा, रघुवीरलाई फेरि उछिने महेन्द्र यादवले

दियो पोस्ट  

धनुषा । धनुषा निर्वाचन क्षेत्र नम्बर–४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ र नेपाली कांग्रेसका महेन्द्र यादवबीच रोचक प्रतिष्पर्धा जारी छ । पछिल्लो परिणाम अनुसार फेरि यादवले उछिनेका छन्। महासेठभन्दा यादव ४ सय ८९ मतले अघि छन्। यादवको २६ हजार २ सय ८० मत छ भने महासेठको २५ हजार सय ९१ मत आएको छ। जसपाका महाजन यादवले भने ४ हजार ७ सय ९४ मत पाएका छन्। मधेस प्रदेशका बाँकी सबै क्षेत्रको अन्तिम नतिजा आइसकेको छ।