बालेन शाहको तस्विरमा जुत्ता चप्पलको माला लगाएर थापाथलीका सुकुम्बासी रातभर जागाराम !

- फूलमती  

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह दक्षिण भारतीय हिन्दी सिनेमाको हिरोको शैलीमा आतंक मच्चाउँदै हिँडेका छन् । त्यही क्रममा काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा हिजो सोमबार उनी नेतृत्वको ठूलो समुहले आतंक नै मच्चायो । सकुम्बासी बस्ती हटाउन नगरप्रहरी लिएर त्यहाँ पुगेको यो समुह र स्थानियबासीबीच तनावपूर्ण अवस्था श्रजना भयो ।

सकुम्बासीहरुले घरेलु हतियारसहित प्रतिरोधमा उत्रिएपछि नगरप्रहरी घाइते भएका छन् ।

सुकुम्बासीलाई वैकल्पिक व्यवस्थापन बिना जबरजस्ती गरिएको भन्दै विभिन्न व्यक्तित्वहरुले सामाजिक सञ्जालमा चर्को विरोध गरिरहेका छन् । थापाथलीस्थित सुकुम्बासी बस्तिकै स्थानिय भने सोमबार रातभर जागाराम बसेका छ् । बालेन शाहले नगर प्रहरी पठाएर फेरी उठिबास लगाउने डरले उनीहरु रातभर जागाराम बसेका हुन् ।

उनीहरुले बालेन शाहको तस्विरमा जुत्ताको माला लगाएर बसेका छन् । कालो चस्मा लगाएको शाहको ब्राण्डीङ तस्विरमा सुकुम्बासी बस्तिका स्थानियले जुत्ता चप्पलको मालासहित उभ्याएका छन् ।