मेरो त अर्को चुनाव आउँदैछ, त्यो काममा केन्द्रित छु: गगन थापा

दियो पोस्ट  

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताएका छन् । प्रधानमन्त्री बन्ने तयारीमा रहेका महामन्त्री थापाले पार्टी संसदीय दलको नेता चयन प्रक्रियामा आफू लागि परेको बताएका हुन् ।

महिला सुरक्षा दवाव समूह, नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भने, ‘अस्ती मलाई निम्तो गर्न आउँदाखेरि पनि म यो कार्यक्रम बाहेक अन्य कार्यक्रमहरुमा आउँछु भन्ने अवस्था नै थिएन । शुक्रबारसम्म हामी धन्यवादको कार्यक्रम सकौं । त्यसपछि अरु काममा जुट्नु पर्नेछ । मेरो त अर्को चुनाव आउँदैछ । मैले त्यो काममा केन्द्रित हुनुछ ।’

महामन्त्री थापाले केही दिन भित्र नयाँ मन्त्रिपरिषद् बन्ने समेत बनाए । उनले मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिता हुने गरी कानुन निर्माण गर्न आफू प्रतिवद्ध भएर लागिपर्ने आश्वासन पनि दिए ।

सिफारिस