रिगलको कैद मिनाहा बदर, बाँकी कैद भुक्तानीका लागि तत्काल पक्राउ गर्न सर्वोच्चको आदेश

दियो पोस्ट  

काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)लाई तत्काल पक्राउ गर्न आदेश दिएको छ।

सर्वोच्च अदालतले सरकारको सिफारिस र राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयले जन्मकैदमा सजाय माफी पाएर रिहा भएका रिगललाई तत्काल पक्राउ गरी बाँकी कैद असुल गर्न परमादेश जारी गरेको हो।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले रिगललाई सजाय माफी दिने निर्णय कानुनसम्वत नभएको भन्दै बदर पनि गरेको छ।

सर्वोच्चले रिगलले गरेको अपराध माफी दिएर सजाय घटाउन मिल्ने नदेखिएको भन्दै उनलाई पुनः थुनामै राख्न भनेको छ।

आदेशमा रिगललाई तुरुन्त पक्राउ गरेर उनको मिनाहा गरिएको कैद सजाय भुक्तानी गराउन भनिएको छ । यसैगरि, सञ्चारमाध्यमहरुलाई विचाराधीन मुद्दामा समाचार सम्प्रेषण गर्दा संवेदनशील बन्न आग्रह गरिएको छ ।