जाजरकोट भुकम्पः प्रधानमन्त्री प्रभावित क्षेत्रमा गएको ५ घण्टामा गृहमन्त्रीद्वारा आकस्मिक बैठक

दियो पोस्ट  

गएराति जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्यूडको भूकम्पले १२९ जनाको मृत्यु भएको छ भने १४० जना घाइते छन्। क्षतिको अवस्था बुझ्न यति वेला प्रधानमन्त्री पुष्पकमल दाहाल जाजरकोट गएका छन्।

विहान करिब ७ बजे प्रभावित क्षेत्रतिर उडेका प्रधानमन्त्री प्रचण्ड ५ घण्टा भइसकेको छ । यद्यपी भूकम्पले क्षति भएको क्षेत्रमा विशिष्ट व्यक्तिभन्दा पनि उद्धारकर्मी र राहतको आवश्यकता भएको भन्दै सामाजिक सञ्जालमा प्रश्न गर्न थालिएको छ। त्यहाँ उच्चपदस्थ व्यक्तिभन्दा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पठाउन माग गरिएको छ।

तर यता उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा भूकम्प पीडितको उद्धार, उपचार र राहतबारे आवश्यक निर्णय लिन आकस्मिक बैठक सुरु भएको छ। उक्त बैठकम गृह मन्त्रालयमा सुरु बैठकमा स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालय, भौतिक योजना मन्त्रालय, सङ्घीय मामिला मन्त्रालय, नेपाली सेना र मातहतका सुरक्षा तथा उद्धार निकायको प्रतिनिधित्व छ।