एमाले नेता महेश बस्नेतको भिडियो शेयर गरेको आरोपमा पत्रकार पक्राउ

दियो पोस्ट  

काठमाडौं । नेकपा एमाले नेता महेश बस्नेतको सामाजिक सञ्जालमा चरिहत्या गरेको आरोपमा एक पत्रकार पक्राउ परेकी छन् ।

प्रहरीको साइबर ब्यूरोले आशा भारतीलाई पक्राउ गरेको हो । उनीविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

भारतीले केही दिनअघि ‘महेश बस्नेतको चर्तिकला भाग १’ भनेर एक भिडियो शेयर गरेकी थिइन् । साथै ‘लौ न ढले, चक्कर लागेर आयो, हाम्रो एमालेका चुनाव हारेका, दुर्गा प्रसाईंका कट्टर दुश्मन महेश बस्नेत त लाष्ट सेक्सी पो रहेछन् गाठ्ठे’ अर्को अर्को भिडियो शेयर गरेकी थिइन् ।

सोही आरोपमा उनी पक्राउ परेका हुन् । पक्राउ परेपछि उनले सो भिडियो शेयर गरेको स्वीकार गरेकी छिन् । साथै बयानमा आफु सञ्चारकर्मी भएकाले सामाजिक सञ्जालबाटै तानेर राखेको बताएकी छिन् ।