असोज महिनामा मात्रै भित्रियो १ खर्ब ३७ अर्ब रेमिटेन्स

दियो पोस्ट  

कामठाडौं । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो महिना (असोज)मा तीन खर्ब ६५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३० प्रतिशतले बढेको छ।

अघिल्लो आर्थिक वर्षको यही अवधिमा २ खर्ब ८१ अर्ब रूपैयाँको रेमिटेन्स भित्रिएको थियो। यस वर्ष मासिक औसत एक खर्ब २१ अर्बको दरमा रेमिटेन्स भित्रिरहेको छ।

असोजको एक महिनामै भने एक खर्ब ३७ अर्ब रूपैयाँ बराबरको रेमिटेन्स भित्रिएको हो।

यो तीन महिनामा नयाँ गन्तव्यको लागि वैदेशिक रोजगारीमा जानेको संख्या गत वर्षको यही अवधिको तुलनामा भने २१ प्रतिशतले घटेको छ।