स्वास्थ्यमन्त्री बस्नेतको दाबीः भित्रैका केही कर्मचारी र बिचौलियाले वीर अस्पताललाई बदनाम गरे

दियो पोस्ट  

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल बदनाम गर्ने काम अस्पतालभित्रकै केही बिचौलियाले गरिरहेको बताएका छन्।

शनिबार बिहान वीर अस्पताल सरसफाई अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले वीर अस्पतालकै तलव खाने, तर व्यक्तिगत स्वार्थ पूरा नभएपछि वीर अस्पताललाई बदनाम गर्ने, गालीगलौज गर्ने र मिडियामा गएर गलत समाचार लेखाउने पनि वीर अस्पतालभित्रैकै बिचौलिया भएको दावी गरे।

मन्त्री बस्नेतले भने, ‘केही स्वार्थी कर्मचारी र विचौलियाले वीर अस्पताल बदनाम गर्ने गरेका छन्। उनीहरुले आफ्नो स्वार्थ पूरा गर्न तल्लो वर्गका कर्मचारी उचाल्ने गरेका छन् । यसमा सबै सजक रहनु पर्छ।’ देशकै जेठो र सबैभन्दा ठूलो अस्पतालको ख्याति कमाएको वीर अस्पतालमा देशभरिकै दक्ष चिकित्सक र स्वास्थ्यकर्मी रहेको दावी गर्दै उनले वीर अस्पताललाई नमुना अस्पतालको रुपमा विकास गर्न सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

सिफारिस