नयाँ बजारबाट खुंखार मिटरब्याजी तथा सहकारी ठगी आरोपी राजकुमार श्रेष्ठ पक्राउ

दियो पोस्ट  

काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेको टोलीले नयाँ बजारबाट पक्राउ गरेको हो । गोरखाको गोरखा नगरपालिका वडा नम्बर ६ स्थिायी वतन भई हाल नयाँ बजार बस्दै आएका ५१ वर्षिय श्रेष्ठ आज पक्राउ परेका हुन् ।
टोखा नगरपालिका ९ स्थित आर्जन बचत तथा ऋण सहकारी संस्था नामक सहकारीको समेत करोडौँ रकम हिनामिना गरेको र मिटरब्याजबाट पीडित बनाएको अभियोगमा उनलाई पक्राउ गरेको हो । उनले सहकारीको करोडौँ रकम हिनामिना गरि मिटरब्याजमा लगाउँदै आएका थिए । उनी विरुद्ध एक महिलाले जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज तथा अनुचित लेनदेन मुद्दामा समेत जाहेरी दिएकी थिइन् । उनको जाहेरीलाई समेत आधार बनाएर प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो ।